प्राविधिक शिक्षाका लागि विश्व बैंकले छ अर्ब ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राविधिक शिक्षाका लागि विश्व बैंकले छ अर्ब ऋण दिने



काठमाडौं । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब रु छ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।

नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आइतबार स्वीकृत गरेको हो ।

नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरेका तथा तीमध्ये अधिक सीप र शिक्षाविहीन हुने गरेकाले उक्त तालीम श्रम बजार र युवाबीच मध्यस्थ बन्न सक्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।

श्रम बजारमा आउने ती युवा स्वदेशमा भन्दा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

बेरोजगारी र अनौपचारिक रोजगारीको अन्त्य तथा सीपयुक्त शिक्षाको प्रवद्र्धनमा उक्त ऋण सहायता नेपालका निम्ति फलदायी हुने बैंकले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : १६ आश्विन २०७४, सोमबार ११:५०