काठमाडौं । घटस्थापनादेखि फुलपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोकारच्यांग्रा बिक्री भएका छन् ।
चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोकारच्यांग्रा बिकेका छन् ।
औसत मूल्य १२ हजार रुपैयाँको दरले ४२ करोड रुपैयाँको बिक्री भएको जनाइएको छ ।
यस्तै नेपाल खाद्य संस्थानले खसीबोका र च्यांग्रा गरी १९ सय ३७ वटा बिक्री गरेको छ । ती खसीबोका र च्यांग्रा करिब २ करोड ३२ लाख रुपैयाँमा बिक्री भएका हुन् ।
Comment