काठमाडौं। कामना सेवा विकास बैंकले कार्तिक १ गते विशेष साधारणसभा र आइसिएफसी फाइनान्सले असोज ३१ गते चौधौ वार्षिक साधारणसभा डाँकेका छन्।
साधारणसभाबाट कामनाले १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ।हकप्रद जारी गरे सँगै बैंकको अधिकृत पूँजी दुर्इ अर्ब छ करोड रुपैयाँ पुग्नेछ।हकप्रद जारी गर्ने प्रयोजनार्थ असोज २४ गते एक दिन शेयर नाम सारी तथा दाखिला खारेज बन्द हुने बैंकले जनाएको छ।आइसिएफसीले चुक्ता पूँजीको १० प्रतिशत बराबरको बोनस शेयर दिने प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ। फाइनान्सको साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशतबाट हुन आउने ८ करोड एक लाख रुपैयाँ बाराबरको बोनस शेयर जारी गर्नको लागि कर प्रयोजन सहित ११.०५ प्रतिशतले हुन आउने ८ करोड ८६ लाख रुपैयाँ पारित गर्ने छ।
साधारणसभा प्रयोजनार्थ असोज २५ देखि ३१ गतेसम्म बुक क्लोज हुने फाइनान्सले जनाएको छ। साथै फाइनान्सले आर्थिक बर्षको मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि खर्च गर्ने जनाएको छ।










Comment