समिट माइक्रोफाइनान्सको ४७ प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समिट माइक्रोफाइनान्सको ४७ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं। समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक लिमिटेडले लगानीकर्तालाई ४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको १५५औं बैठकले लगनाीकर्तालाई उक्त लाभांश दिने प्रस्तव गरेको हो ।

बैंठकले लगानीकर्तालाई ३४ दशमलव ४८ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ । यसकासथै कम्पनीले चुक्ता पुँजीको १० दशमलव ५२ प्रतिशत नगद लाभंश (करसहित) प्रस्ताव समेत गरेको छ ।लगानीकर्ताले भने उक्त लाभंश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : १ आश्विन २०७४, आईतवार १४:२२