मेगा बैंकको हकप्रद भदौ २७ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको हकप्रद भदौ २७ देखि



काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले १० बारबर ६.५ अनुपातको हकप्रद शेयर भदौ २७ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले सय रुपैयाँ अंकित दरले २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ् लिमिटेड रहेको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेण्ट बैंकिङ् लिमिटेड नक्साल र मेगा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हकप्रद निश्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब ५६ करोड ८ लाख रुपैयाँ पुग्ने छ । यसैबीच बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

प्रकाशित : 25 August, 2017 11:34 am