धितोपत्र बोर्डको कारवाहीमा परेका ७ वटै ब्रोकरको निलम्बन फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धितोपत्र बोर्डको कारवाहीमा परेका ७ वटै ब्रोकरको निलम्बन फुकुवा



काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनमा सोमबार एकसाथ निलम्बनमा परेका ७ वटा ब्रोकर कम्पनीले मंगलबारबाट भने पुनः कारोबार गर्न पाएका छन् । नेप्सेमा धितोपत्र बोर्डको अनुमतिपछि कारवाहीमा परेका अग्रवाल सेक्युरिटिज (ब्रोकर नम्बर ६), आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि (८), भृकुटी स्टक ब्रोकिङ कम्पनी (५५), क्रियटिभ सेक्युरिटिज (४०), डाइनामिक मनि म्यानेजर सेक्युरिटिज (४४), श्रीकृष्ण सेक्युरिटिज (२८) तथा साउथ एसियन बुल्स प्रालि (ब्रोकर नम्बर ४३) को निलम्बन फुकुवा गरेको हो । धितोपत्र बोर्डलाई वार्षिक नियमन शुल्क नबुझाएपछि यी ब्रोकर कम्पनीहरु कारवाहीमा परेका थिए । ब्रोकरले लिने कुल सेवा शुल्कको ०.६५% नियमन शुल्कका रुपमा धितोपत्र बोर्डलाई तिर्नुपर्ने व्यवस्था गरिएको छ । निलम्बन फुकुवा भएपछि लगानीकर्ताले यी ब्रोकर कम्पनीबाट सेयर खरिदबिक्री गर्न पाएका छन् ।

प्रकाशित : 22 August, 2017 12:52 pm