नुवाकोट । अर्थमन्त्री रामशरण महतको गाडीमा पेट्रोल बम प्रहार भएको छ । संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्बर २ पुगेका अर्थमन्त्री महतमाथि आक्रमण स्वरुप बम प्रहार भएको बुझिएको छ ।
नुवाकोटको खरानीटारमा आयोजित सुझाव संकलन कार्यक्रममा जाँदै गर्दा ढिकुरे पुगेपछि महतमाथि आक्रमण प्रयास भएको हो । यद्यपी महत कार्यक्रम स्थल भने पुगिसकेका छन् ।
आक्रमणपछि आक्रमणकारी फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Comment