काठमाडौं, २५ साउन । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १६ करोड ४७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा शुन्य दशमलव ६० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १६ करोड ५३ लाख रुपैयाँ कमाएको थियो ।
८६ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २७ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १८ दशमलव ५२ प्रतिशतले घटेर १४ अर्ब ३ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ८ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनामा २७ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । बैंंकको खुद व्याज आम्दानी ३० दशमलव १६ प्रतिशतले बढेर ४९ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३६ करोड ३४ लाख रुपैयाँ राखेको छ।
बैंकको पूँजीकोष अनुपात ११ दशमलव २६ प्रतिशत र निष्कृय कर्जा २ दशमलव ५८ प्रतिशत रहेको छ ।
Comment