साहारा विकास बैंकको नाफा ३७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साहारा विकास बैंकको नाफा ३७ प्रतिशतले बढ्यो



काठमाडौं, २५ साउन  । साहारा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ करोड ३८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनामा ३७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड रुपैयाँ कमाएको थियो ।

६ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १५ दशमलव ५८ प्रतिशतले घटेर ४४ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ३७ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि गरेको हो । बैंंकको खुद व्याज आम्दानी ३६ प्रतिशतले बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० प्रतिशतले बढेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको पूँजीकोष अनुपात ४२ दशमलव ५७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २२ दशमलव ३७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६८ दशमलव ६७ रुपैयाँ र तरलता अनुपात ४२ दशमलव ३८ प्रतिशत रहेको छ ।

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ०४:४५