सपोर्ट माइक्रोफाइनान्सको आईपीओ आउने निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सपोर्ट माइक्रोफाइनान्सको आईपीओ आउने निश्चित



काठमाडौं, २२ साउन ।सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सपोर्टले १०० रुपैयाँ दरको १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसले जारी पुँजीको ३०% आइपीओ निष्कासन गर्नेछ । यो माइक्रोफाइनान्सको जारी पुँजी ६ करोड रुपैयाँ छ । धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाले अब छिटै आइपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ । सर्पोटको केन्द्रीय कार्यालय हाँसपोसा १ सुनसरीमा रहेको छ । हाल ११ वटा शाखा कार्यालयबाट यसले वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको रिजर्भ कोषमा १० लाख ७१ हजार रुपैयाँ छ । तेस्रो त्रैमासमा कम्पनीले ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित : २२ श्रावण २०७४, आईतवार ०९:०७