किन रिसायो विश्व बैंक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

किन रिसायो विश्व बैंक ?



काठमाडौं २० साउन । संसदीय समितीले २५ मेगावाट सोलार परियोजनाको टेन्डर रद्ध गर्न निर्देशन दिएपछि परियोजनाको दाता विश्व बैंकले त्यसप्रति असन्तुष्टि जनाएको छ ।

बिश्व बैंकले सोलार नेपाल विद्युत प्राधिकरणका अधिकारीमाथि लागेको अनियमितताको आरोपको खण्डन गर्दै सोलार प्लान्टको खरिद प्रक्रियामा प्राधिकरण पछिल्लो समयमा गरेको निर्णयहरु आफ्नो अन्तराष्ट्रि तवरमा प्रचलित खरिद प्रक्रिया अनुसार नै भएको स्पष्ट गरेको छ ।

‘नेपाल विद्युत प्राधिकरणले लगाएको ठेक्का विश्व बैंक समूहका १ सय ८९ सदस्य मुलुकले पारित गरेको नीति र अभ्यासमा आधारित छ, नेपालका लागि बिश्व बैंकको तर्फबाट देशीय प्रबन्धक ताकुया कामाताले आज विज्ञप्ति जारी गर्दै भनेका छन्— नेपाल सरकारसँगको लगानी सम्झौता बमोजिम पनि उक्त ठेक्का सही छ ।’

प्राधिकरणले टेन्डर दिँदा अनिमितता भएको भन्दै संसदको लेखा समितिले ठेक्का तोड्न दिएको निर्देशनबारे अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको र त्यसबारे अहिले नै प्रतिकृया दिन हतारो हुने पनि कामाताले बताएका छन् ।

विश्व बैंकको लगानीमा प्राधिकरणले २५ मेगावाटको सोलार परियोजना निर्माण गर्न लागेको छ । बैंकले अहिलेसम्म आफ्नो ऋण लगानी हुने सबै देशमा अपनाइने प्रक्रियालाई सोलार प्लान्टमा पनि अपनाइएको स्पष्ट गरेको छ ।

विश्व बैंकको ग्रिड सोलार इनर्जी इफिसियन्सी परियोजना अन्तर्गत २५ मेगावाटको सोलार प्लान्ट स्थापना हुन लागेको हो ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार १०:५३