काठमाडौं २० साउन ।नगरिक लगानी कोषले भदौ १६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा गर्न कोषले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअघि असार २७ गते बसेको सञ्चालक समिति बैठकले २१.८५% बोनस सेयर र १.१५% नगद लाभांश दिने निर्णय गरेको थियो । सञ्चालक समितिको यो निर्णय आगामी वार्षिक साधारण सभामा पेस हुनेछ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले बोनस पाउने छन् । यसआधारमा, बुक क्लोज हुने दिन भन्दा अघि कायम सेयरधनीले मात्र बोनसको हकदार हुने भएकाले साउन २६ गतेसम्ममा सेयर किनिसक्नु पर्नेछ । नागरिक लगानी कोषको लामो समयदेखि साधारण सभा बस्न सकेको छैन
२० श्रावण २०७४, शुक्रबार ०६:११
Comment