काठमाडौँ ३ साउन । मंगलबार नेप्सेमा हरियाली छाएको छ। मंगलबार नेप्स ३४ दशमलव २६ अंकले उकालो लागेर बन्द भएको छ। मंगलबार कारोबारमा आएका सबै समुहले कमाएका छन् । मंगलबार कारोबारमा आएका १५५ कमपनीको १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयरबाट १ अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ४ सय १६ दशमलव ६३ अंकले उकाले लागेको छ । मंगलबार होटल समुह ६१ दशमलव ५२ अंकले, जलविधुत समुह ३८ दशमलव ९९ अंकले, बैक समुह २७ दशमलव २५ अंकले, विकास बैँक समुह २५ दशमलव २ अंकले, उतपादनमुलक समुह २० दशमलव ७२ अंकले, फाईनान्स समुह ५ दशमलव ९५ अंकले र अन्य समुह ० दशमलव ५८ अंकले उकालो लागेको छ ।
३ श्रावण २०७४, मंगलवार ०९:३०
Comment