काठमाडौं । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालिमार्फत उक्त टायर बिक्रीका लागि ल्याइएको हो।
अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनले नेपाली उपभोक्तालाई लक्षित गर्दै आफ्नो प्रिमियम टायर सिरिज बजारमा उपलब्ध गराएको हो। यससँगै नेपाली ग्राहकले आफ्नो सवारीसाधनको आवश्यकता र उपयुक्तताअनुसार अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्न थप विकल्प पाउने भएका छन्।
आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्राइमसी ५ सिरिज नेपाली बजारमा विभिन्न पाँच साइजमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो टायर २१५/६० आर१७, २०५/६० आर१६, २०५/६५ आर१६, १९५/५५ आर१६ र २१५/६० आर१६ साइजमा पाइनेछ।
उपलब्ध साइजअनुसार २१५/६० आर१७ टायर हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त हुनेछ।
त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया पुराना सेडान मोडल, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ। २०५/६५ आर१६ साइज भने हुन्डाई क्रेटा र किया सेल्टोसका लागि लक्षित गरिएको छ।
त्यसैगरी, १९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोलगायतका गाडीमा प्रयोग गर्न सकिनेछ।
२१५/६० आर१६ साइजको टायर हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि उपलब्ध हुनेछ।
सिप्रदी अटोपाट्र्सले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्ड र गुणस्तरीय उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। मिशेलिनको प्राइमसी ५ सिरिज भित्र्याउनु पनि नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनसम्म पहुँच विस्तार गर्ने प्रयासको निरन्तरता भएको कम्पनीले जनाएको छ।
प्राइमसी ५ उपलब्ध भएसँगै प्रिमियम टायर खोजिरहेका नेपाली ग्राहकले आफ्नो सवारीसाधनअनुसार उपयुक्त साइज छनोट गर्न सक्नेछन्। टायरको उपलब्धता, साइज र खरिदसम्बन्धी थप जानकारी सिप्रदी अटोपाट्र्सबाट प्राप्त गर्न सकिनेछ।








Comment