काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदानगरिएको Issuer Rating [ICRANP-IR] AA− बाट [ICRANP-IR] AA मा स्तरोन्नति भएको छ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति,सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो। इक्रा नेपालका अनुसार [ICRANP-IR] AA रेटिङ प्राप्त संस्थाहरू वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा तथा अत्यन्त न्यून क्रेडिट जोखिम भएका संस्थाका रूपमा हेरिन्छन्।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट डबल ए माइनस (AA−) रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमाकम्पनी बनेको थियो। उक्त रेटिङ थप एक तह माथि उक्लिँदै डबल ए (AA) मा स्तरोन्नति हुनु कम्पनीको निरन्तर वित्तीयसुदृढीकरण र संस्थागत उत्कृष्टताको महत्वपूर्ण उपलब्धि हो।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट सुधार भई करिब १५४ प्रतिशत पुगेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो। कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानी एकाग्रता घटाई लगानी
पोर्टफोलियोलाई थप विविधीकृत र सुदृढ बनाएको छ।
आ.व. २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ।कम्पनीले सो अवधिमा करिब रु. ५४ अर्ब बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा कोष करिब रु. २७३ अर्ब र पोलिसी लोनसहित कुल लगानी करिब रु. २८५ अर्ब पुगेको छ।
सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले जुलाई २०२६ मध्यसम्म देशभर १९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ। देशव्यापी शाखा सञ्जाल, सशक्त अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली र बलियो बजार उपस्थितिलाई इक्रा नेपालले कम्पनीका महत्वपूर्ण सबल पक्षका रूपमा उल्लेख गरेको छ।
कम्पनीले जोखिम व्यवस्थापनलाई समेत उच्च प्राथमिकता दिँदै नेपाल पुनर्बीमा कम्पनी लिमिटेड तथा हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पर्याप्त पुनर्बीमा व्यवस्था कायम गरेको छ। साथै, आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि कम्पनीसँग पर्याप्त Catastrophic Cover तथा करिब रु. १.५४ अर्बको विपद् जगेडा कोष रहेको छ।
यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले रेटिङस्तरोन्नतिलाई कम्पनीको निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सम्पूर्ण सरोकारवालाको विश्वासको प्रतिफलका रूपमा लिएका छन् ।
उनले भने, “डबल ए (AA-) माइनसबाट डबल ए (AA) मा भएको यो स्तरोन्नति नेपाल लाइफको निरन्तर उत्कृष्टता,वित्तीय सुदृढता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि हो। यसले हामीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अगाडि बढ्न थप प्रेरित गरेको छ।”
प्रमुख कार्यकारी अधिकृत पराजुलीले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथासम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सोल्भेन्सी अवस्था थप सुदृढ बनाउने, लगानीविविधीकरण तथा विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने र सरोकारवालाको दीर्घकालीन हित तथा विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।





Comment