एनआईसी एसिया बैंकको समुन्नती बचत खाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एसिया बैंकको समुन्नती बचत खाता



काठमाडौं, २८असार  । एनआईसी एसिया बैंकले शून्य मौज्दातमा खाता खोल्न सक्ने र मौज्दात रकममा वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने गरी ‘समुन्नती बचत खाता’ शुरुवात गरेको थियो । बैंकले उक्त बचत खातामा तत्काल लागू हुने गरी बचत खातामा अधिकतम् ब्याज उपलब्ध गराउने उद्देश्यका साथ वार्षिक ९ प्रतिशतका दरले ब्याज प्रदान गर्ने जनाएको छ ।

उक्त बचत खातामा शून्य मौज्दात, वार्षिक ९ प्रतिशत ब्याजदर, निःशुल्क डेबिट कार्ड ÷ क्रेडिट कार्ड, निःशुल्क एसएमएस र इन्टरनेट बैंकिङ, दैनिक ५ लाखसम्म निःशुल्क आस्बा पुँजीलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

प्रकाशित : २८ असार २०७४, बुधबार ०६:१८