हिमालयन बैंकले एकभन्दा बढी खाता भएकालाई बन्द गर्न निकाल्यो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकले एकभन्दा बढी खाता भएकालाई बन्द गर्न निकाल्यो सूचना



काठमाडाै २६ असार ।हिमालयन बैंक लिमिटेडले एकभन्दा बढी खाता भएकाहरुलाई तत्काल बन्द गरी एउटा मात्र खाता कायम राख्न सूचना जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार बैंकले बचत, चल्ती वा कल खाता भएका सेवाग्राहीले यी खातामध्ये अबदेखि एउटा मात्र सञ्चालन गर्न पाउनेछन् । तर मुद्दति खाता भएकाहरुको हकमा भने यो नियम लागू हुनेछैन । बचत र मुद्दति खाता छ भने दुवै चलाउन पाइनेछ । यता, बैैकले खातावालालाई आफ्नो खाता रहेको शाखामा गई केवाइसी फारममा आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।

तर ग्राहक पहिचान विवरण अद्यावधिक (केवाइसी अपडेट) नगरेको खण्डमा भने सेवाग्राहीहरुको खाता सञ्चालनमा रोक लगाउन सकिने बैंकले जनाएको छ । राष्ट्र बैंकको निर्देशन पालना गराउनेक्रममा बैंकले यस्तो सूचना जारी गरेको हो ।

 

 

 

 

प्रकाशित : २७ असार २०७४, मंगलवार ०८:४४