उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही



काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि कारबाही गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक ११ गते बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने १०३, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ र सिसिटिभी निगरानीमार्फत पहिचान भएका ४० सवारीसाधनमाथि कारबाही गरिएको छ।

त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४, हर्न निषेधको नियम उल्लङ्घन गर्ने ९, सवारीको अवस्था ठीक नभएका ८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ८ सवारीसाधनमाथि कारबाही गरिएको छ। यसैगरी, अन्य शीर्षकमा ३७३ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित : 28 October, 2026 12:20 pm