सांग्रिला डेभलपमेन्ट बैंकको एकीकृत कारोबार ३० गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सांग्रिला डेभलपमेन्ट बैंकको एकीकृत कारोबार ३० गतेदेखि



काठमाडौं  २६ असार।सांग्रिला डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकले एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ ।

सांग्रिला र कसमसको साधारण सभाले  जेठ १९ गते प्राप्ती प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारसँग बैंकको केन्द्रीय कार्यालय सांग्रिला बैंकको केन्द्रीय कार्यालय बालुवाटार हुनेछ ।

एकीकृत कारोबारको प्रक्रिया बढाउनका लागि कसमसको शाखा असार २९ गते बन्द हुने बैंकले जनाएको छ ।

प्रकाशित : २६ असार २०७४, सोमबार ०८:०३