मौद्रिक नीतिको चेपुवामा ”नेप्से ” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मौद्रिक नीतिको चेपुवामा ”नेप्से ”



काठमाडौ २५ असार । कारोबाराको पहिलो दिन नेप्से आज २ दशमलव ०४ अंकले उकालो लागेको छ । मौद्रिक नीति सार्वजनिक हुन वितिकै ओरालो लागेको नेप्से बन्द हुने बेलामा सुधारिएको हो । आज कारोबारमा आएका बैड. र फाइनान्स समुह बाहेका अरु सबै समुहले गुमाएका छन् । आइतबार कारोबारमा आएका १४९ कमपनीको २६ लाख ८७ हजार १ सय ६४ कित्ता सेयरबाट १अर्ब १२ करोड ६८ लाख २ हजार २ सय ९ रुपैयाको कारोबार भएको छ।

आइतबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह २८ दशमलव १४ अंकले ओरालो लागेको छ। आइतबार इन्स्योरेन्स समुह २१ दशमलव १८ अंकले , उतपादनमुलक समुह १२ दशमलव १३ अंकले, विकास बैँक समुह ११ दशमलव ६२ अंकले, जलविधुत समुह ८ दशमलव ०७ अंकले र अन्य समुह १ दशमलव १६ अंकले ओरालो लागेको छ।
आइतबार बैँक र फाइन्नास समुह भने उकालो लागेको छ। आज बैँक समुह ८ दशमलव १६ अंकले र फाइन्नास समुह २ दशमलव ३७ अंकले उकालो लागेको छ ।

प्रकाशित : २५ असार २०७४, आईतवार ०९:४६