सिसिडी अनुपातमा दिएको सहजता हटायाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिसिडी अनुपातमा दिएको सहजता हटायाे



 काठमाडाैँ २५ असार । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षा मार्फत कर्जा, पूँजी- निक्षेप (सिसिडी) अनुपातमा दिएको सहजता हटाएको छ। सिसिडी गणना गर्दा उत्पादन मुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत झिक्न पाउने व्यवस्थालाई मौद्रिक नीति मार्फत अन्त्य गरिएको हो।
तर, राष्ट्र बैंकले तीन महिनाका लागि बैंक तथा वित्तिय संस्थालाई बम्पर उपहार घोषणा गरेको छ। जस अनुसार अहिले सिसिडी नाघेका बैंकले असोज भित्र सीमामा ल्याएमा छुट पाउनेछन्।

चालु आर्थिक बर्षको सुरु देखिनै कर्जा अनुपातमा निक्षेप बृद्धि नहुँदा धेरै जसो बैंकको सिसिडी ८० प्रतिशत माथि पुगेको थियो। सोही कारण उत्पादनमुलक क्षेत्रमा गएको ५० प्रतिशत कर्जालाई झिकेर सिसिडी गणना गर्ने व्यवस्था लागु गरिएको थियो।

प्रकाशित : २५ असार २०७४, आईतवार ०८:३४