मौद्रिक नीति सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मौद्रिक नीति सार्वजनिक



काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले राजधानीको लाजिम्पाटस्थित होटेल र्याडिसनबाट उक्त नीति सार्वजनिक गरेका हुन् ।

के छ मौद्रिक नीतिमा

  • नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९÷६० देखि सार्वजनिक गर्न थालिएको वार्षिक मौद्रिक नीतिको यो १६ औं श्रृंखला हो ।
  • मुद्रास्फिीतिलाई ७ प्रतिशतमा कायम राख्ने
  • आर्थिक वर्ष २०७४/७५ का लागि नेपाल सरकारले तय गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पु¥याउने गरी आवश्यक तरलता व्यवस्थापन गरिने
  • विश्व अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल सरकारको वार्षिक बजेट, बैंकिङ क्षेत्रमा देखिएको वित्तीय असन्तुलन, नेपालीको श्रम गन्तव्य मुलुकमा उत्पन्न पछिल्लो स्थिति तथा बढ्दो आयातलाई ध्यानमा राखी आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति तर्जुमा गरिएको छ ।
  • दुई हप्ता अवधिको रिपो दरलाई नीतिगत दरको रुपमा लिइने व्यवस्थालाई यथावत कायम गरिएको छ दुईहप्ते नीतिगत रिपोदर ५ प्रतिशत कायम गरिएको छ ।
  • जलविद्युत, कृषि, पर्यटन, निर्यात, साना एवम्मझौला उद्योग, औषधी उत्पादन, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनशील क्षेत्रलाई समावेश गरी प्राथमिकता प्राप्त क्षेत्रको रुपमा परिभाषित गरिने

प्रकाशित : २५ असार २०७४, आईतवार ०८:११