काठमाडौं । वत्सगोत्रीय समाजको प्रथा साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले १७ सदस्यिय कार्यसमिति समेत गठन गरेको छ । वत्स गोत्रीयहरूको उपस्थिति भएको उक्त कार्यक्रमबाट नयाँ कार्यसमितिको अध्यक्षमा गेहेन्द्र दाहाल सूर्यनारायण भग वरिष्ठ उपाध्यक्ष, मदन दाहाल, सीमाकुमारी मिश्र र सुरेन्द्रराज खराल उपाध्यक्ष, हरिकृष्ण दाहाल महासचिव, सुनिल लम्साल सचिव तथा रोशन दाहाल कोषाध्यक्ष निर्वाचित भएका छन् ।
यसैगरी गोपिनी सज्जेल, पुष्पराज कुँवर, गोविन्दप्रसाद रूपाखेती, विजय ठाकुर, गणेश दाहाल, खिलानाथ दाहाल, झुना लम्साल, सन्दीपविक्रम राणा र सुरेन्द्र खराल सदस्यमा चयन भएका छन् । गेहेन्द्र दाहालको सभापतित्व रहेको सभामा नेपाल बार एसोसिएसनका सभापति डा.विजय मिश्र प्रमुख अतिथि रहेका थिए ।
वत्सगोत्रका थरहरू सीमित रहेको भनिएकोमा हाल दाहाल, लम्साल, राणा, रूपाखेती, कुँवरका साथै भग, मिश्र, ठाकुर, खराल, सज्जेल चौहान, ठाकुरलगायतका थरहरू पनि वत्सगोत्रीय भएको थाहा भएको अध्यक्ष दाहालले बताए । समाजले यस्तै अरू सबैलाई खोज अनुसन्धान गरी समेट्दै अगाडि बढ्ने र सगोत्रीहरू बारे जानकारी राखेर विभिन्न किसिमले आपसी सरसहयोग गर्ने उद्देश्यका साथ यो समाज गठन गरेको उनले बताए ।
कार्यक्रममा डा.ताराबहादुर कुँवर, लक्ष्मी दाहाल, यूवा प्रवेश दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । सभामा तदर्थ समितिका अध्यक्ष गेहेन्द्र दाहालले वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै छलफलका क्रममा उठेका जिज्ञासाहरूको जबाफ समेत दिएका थिए । सभामा समाजका सल्लाहकार मुकुन्दप्रसाद दाहालले शुभकामना मन्तव्य राखेका थिए ।









Comment