आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने



काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ । 

सोमबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १२ देखि १४ गतेसम्म देशभरका अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने पूर्वानुमान रहेको जनाएको हो । 

कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वराप्ती, तिनाउ, बाणगँगाा, पश्चिम राप्ती र बबईको पानीको बहाव सामान्य रहेको छ । पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहे तापनि हाल घट्दो क्रममा रहेको छ ।  

महाशाखाले आज बिहान ८ बजे सम्मको बुलेटिन अनुसार देशका अन्य प्रमुख तथा सहायक नदीहरूमा भने जलसतह सतर्कता तहभन्दा तल नै सामान्य अवस्थामा रहेको उल्लेख गरेको छ ।  

प्रकाशित : 28 September, 2026 11:10 am