काठमाडौँ २२ असार । कारोबार को अन्तिम दिन आज बिहिबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से ३१ दशमलव ०५ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका सबै समुहले कमाएका छन ।बिहिबार कारोबारमा आएका १४८ कमपनीको ३५ लाख ९ हजार ३ सय ९० कित्ता सेयरबाट ७६ करोड ३० लाख ६८ हजार ८ सय ३३ रुपैयाको कारोबार भएको छ।
बिहिबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । बिहिबार इन्स्योरेन्स समुह ३ सय १९ दशमलव ९ अंकले उकाले लागेको छ। बिहिबार होटल समुह ५८ दशमलव ८७ अंकले, विकास बैक समुह ३९ दशमलव ४५ अंकले, बैक समुह २४ दशमलव ५३ अंकले, जलविधुत समुह २० दशमलव ७४ अंकले, उतपादनमुलक समुह ११ दशमलव २४ अंकले,फाइनान्स समुह ४ दशमलव ९२ अंकले र अन्य समुह ४ दशमलव ३४ अंकले उकालो लागेको हो ।
२२ असार २०७४, बिहीबार ०९:४३
Comment