काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।
सम्झौताअनुसार रिसोर्टमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले उक्त सहकार्यबाट आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीतर्फ ग्राहकलाई प्रोत्साहन मिल्ने विश्वास लिएको जनाएको छ।
यस सुविधासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्। बैंकका अनुसार ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००२० रहेको छ।









Comment