सिद्धार्थ बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

बैंक / वित्त

सिद्धार्थ बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।

सम्झौताअनुसार रिसोर्टमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले उक्त सहकार्यबाट आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीतर्फ ग्राहकलाई प्रोत्साहन मिल्ने विश्वास लिएको जनाएको छ।

यस सुविधासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्। बैंकका अनुसार ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००२० रहेको छ।

प्रकाशित : २५ भदौ २०८३, बिहिबार १३:४८ 10 September, 2026 1:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।