भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग, दुई दिनको तलब कोषमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग, दुई दिनको तलब कोषमा



काठमाडाै । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।

कम्पनीका सम्पूर्ण कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप संकलन गरेका हुन्। कर्मचारीहरूको तर्फबाट जम्मा गरिएको कुल ३ लाख ११ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

उक्त रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम योगदान गरेका हुन्।

मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।

कर्मचारीहरूको यस योगदानले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका काममा केही सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

प्रकाशित : 8 September, 2026 12:39 pm