नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता, सवारी कर्जामा प्रशासनिक शुल्कमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता, सवारी कर्जामा प्रशासनिक शुल्कमा छुट



काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८औँ संस्करणको नाडा अटो शो–२०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ। बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अटो शो अवधिभर सवारी कर्जाको प्रशासनिक शुल्कमा विशेष छुट दिने भएको छ।

बैंकका अनुसार भदौ महिनाका लागि बैंकको आधारदर ५.६४ प्रतिशत कायम रहेको छ। उक्त आधारदरको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने बैंकले जनाएको छ।

विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै निजी तथा व्यावसायिक सवारीसाधन खरिदकर्तालाई लक्षित गर्दै बैंकले सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ।

महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन इच्छुक ग्राहकले नाडा अटो शोमा रहेको स्टल नम्बर एल, हल नम्बर ०४ मा सम्पर्क गर्न सक्नेछन्।

नाडा अटो शोमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा आकर्षक योजना तथा छुट सार्वजनिक गरिरहेका बेला महालक्ष्मी विकास बैंकले प्रशासनिक शुल्कमा छुटसहितको सुविधा अघि सारेको हो।

प्रकाशित : 26 August, 2026 10:21 pm