माछापुच्छ्रे बैंकको अटो लोन ५.४५ प्रतिशत ब्याजदरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको अटो लोन ५.४५ प्रतिशत ब्याजदरमा



काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.४५ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना ल्याएको छ।

बैंकका अनुसार अटो कर्जामा बैंकको बेस रेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिएको हो। बैंकको हालको बेस रेट ४.९५ प्रतिशत रहेको छ।

यस योजनाअन्तर्गत अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ। ग्राहकले अधिकतम १० वर्षसम्मको अवधिका लागि अटो लोन लिन सक्ने बैंकले जनाएको छ।

प्रतिस्पर्धी ब्याजदर, लामो कर्जा अवधि र सहज कर्जा सुविधामार्फत ग्राहकलाई नयाँ सवारीसाधन खरिदमा सहजता प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।

नाडा अटो शो–२०२६ का अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाले आकर्षक ब्याजदर र कर्जा योजनाहरू सार्वजनिक गरिरहेका बेला माछापुच्छ्रे बैंकको ५.४५ प्रतिशत ब्याजदरको अटो लोन पनि ग्राहकका लागि विकल्पका रूपमा आएको छ।

प्रकाशित : 26 August, 2026 10:12 pm