काठमाडौं। नाडा अटो शो २०२६ को अवसरमा सिद्धार्थ बैंकले सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार योजनाअन्तर्गत सवारीसाधन खरिदका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध हुनेछ। कर्जामा ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ फी) लाग्नेछ।
यो विशेष कर्जा योजना भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने नाडा अटो शो २०२६ अवधिमा बुकिङ गरिएका सवारीसाधनमा लागू हुनेछ।
बैंकले सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई नाडा अटो शोमा सहभागी भई विशेष कर्जा योजनाको लाभ लिन आग्रह गरेको छ। प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराएर ग्राहकलाई आफूले चाहेको सवारीसाधन खरिद गर्न सहज बनाउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।
विशेष कर्जा योजनाबारे थप जानकारीका लागि सिद्धार्थ बैंकका ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ तथा बैंकका अन्य आधिकारिक माध्यमबाट सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।


Comment