काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ।
संस्थाले १६औँ वर्ष प्रवेशको अवसरमा आफ्ना सम्पूर्ण सदस्य महानुभावप्रति हार्दिक कृतज्ञता तथा प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले सदस्य महानुभावहरूको अटुट विश्वास, अमूल्य साथ, सहकार्य र हौसलाबाट १५ वर्षको यात्रा सफलतापूर्वक पूरा गर्न सफल भएको जनाएको छ।
संस्थाले १५ वर्षको अवधिलाई संस्था र सदस्यहरूबीचको विश्वास तथा सहकार्यको सुन्दर यात्राका रूपमा उल्लेख गरेको छ। संस्थाले हासिल गरेका हरेक सफलता सदस्यहरूको माया, विश्वास र साथको प्रतिफल भएको जनाएको छ।
आगामी यात्रामा पनि सदस्यहरूको निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गर्दै संस्थालाई अझ गुणस्तरीय, प्रभावकारी तथा सदस्यकेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।
१६औँ वर्ष प्रवेशको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्की र अध्यक्ष नबिन श्रेष्ठले सदस्य तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा रहेको छ। संस्थाका कुमारीपाटी, गोठाटार र लुभुमा सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन्। संस्थाले १६औँ वर्ष प्रवेशलाई ‘समृद्धिका लागि सहयात्रा’ भन्ने नारासहित मनाउदै छ।


Comment