काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार १०.३५ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा कम्पनीको यस्तो कोषमा ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो।
सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन (ग्रस अर्न प्रिमियम) १३.८६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन (नेट अर्न प्रिमियम) १२.५१ प्रतिशतले बढेर २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६८ करोड ७९ लाख रुपैयाँ खर्चिएको छ, जुन अघिल्लो वर्षको ३४ करोड ९३ लाख रुपैयाँको तुलनामा ९६.८९ प्रतिशतले बढी हो।
समीक्षा वर्षमा कम्पनीको खुद नाफा भने १०.२३ प्रतिशतले घटेर ३७ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा कम्पनीको अभिकर्ता कमिसन खर्च ३.९३ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले बढेर ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ यथावत रहँदा महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ पुगेको छ। यता रिटेन्ड अर्निङ ४३.७६ प्रतिशतले घटेर ४८ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटी २७.२४ प्रतिशतले घटेर ३१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ।
वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) ६ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ (बुक भ्यालु) १२७ रुपैयाँ ७५ पैसा कायम भएको छ। यस अवधिमा पोलिसी होल्डर्स लोन १२ अर्ब ३३ करोड २५ लाख रुपैयाँ र भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ रहेको छ।


Comment