युनियन किन्न देबः विकास बैंकको यस्तो छ तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनियन किन्न देबः विकास बैंकको यस्तो छ तयारी



काठमाडाै १४ असार । देबः विकास बैंकले असार २९ गते विशेष साधारणसभा बोलाएको छ। बैंकले युनियन फार्इनान्सलार्इ प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो।

साधारण सभाले युनियन फाइनान्ससँग भएको प्राप्ति समझदारी पारित गर्ने छ। साथै संयुक्त प्राप्ति समिति गठन गर्ने र सम्पूर्ण सम्पत्ति तथा दायित्व मुल्यांङकन गर्नका लागि चार्टर्ड एकाउन्ट नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

देबः विकास बैंकले युनियन फार्इनान्सको दुई कित्ता बराबर १ कित्ताको आधारमा शेयर आदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव पारित गर्ने छ। बैंकले फार्इनान्सलार्इ प्राप्ति गरेपछि संस्थाको जारी पूँजी अधिकृत पूँजी र चुक्ता पूँजी गरेर जम्मा २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

बैंकको चैतसम्ममा चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँ छ। युनियन फार्इनान्सको चुक्ता पूँजी १७ करोड ६५ लाख रुपैयाँ छ। युनियन फार्इनान्सले पनि असार २९ गते विशेष साधारणसभा डाकेको छ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०४:३५