वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थानमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताएकी छन् ।  

आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माणको शिलान्यास पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको बताइन् । 

‘पशुपति क्षेत्रमा थुप्रै महत्वपूर्ण ऐतिहासिक, धार्मिक र सँगसँगै सामाजिक ठाउँहरु रहेका छन् । त्यसमध्ये एकदमै महत्वपूर्ण ठाउँ भनेको धर्मशाला पनि हो,’ उनले भनिन्, ‘पशुपति दर्शन गर्न आउनुहुने धेरै दर्शनार्थीहरु कुनै होटलमा भन्दा पनि यही पशुपतिकै क्षेत्रभित्र बस्न पाउँदा, धार्मिक आस्था भएका थुप्रै व्यक्तिहरुका लागि यो एउटा एकदमै महत्वपूर्ण कुराका रुपमा लिने गरिन्छ ।’

पशुपति दर्शनका लागि आउने दर्शनार्थी तथा धार्मिक आस्था भएका व्यक्तिहरूका लागि पशुपति क्षेत्रभित्रै बस्न पाउने व्यवस्था महत्वपूर्ण हुने भन्दै उनले धर्मशालालाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताइन् । डंगोलले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको बताइन् । 

उनले भनिनु, ‘पशुपति दर्शनमा आउनुहुने धेरै धर्मावलम्बीहरुका लागि यो एकदमै महत्वपूर्ण हुनेछ भन्ने विश्वासका साथ काठमाडौँ महानगरपालिकाले यो निर्माण कार्यलाई अघि बढाएको छ । हामी समयमै वा समयभन्दा अझ अगाडि नै सकाउने तयारीमा छौँ ।’

डंगोलका अनुसार धर्मशाला पर्खाल तथा परिसर निर्माणको योजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्भव भएसम्म आगामी चैत महिनामै निर्माण सम्पन्न गर्ने तयारी महानगरपालिकाले गरेको छ ।

प्रकाशित : २४ श्रावण २०८३, आइतबार ११:१४ 9 August, 2026 11:14 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।