स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त, पद तथा गोपनीयताको शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त, पद तथा गोपनीयताको शपथ



काठमाडौ। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्।

नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार बिहान स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नवनियुक्त अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 30 July, 2026 12:14 pm