डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो 



धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका हुन् । अनसन बसेका डा. केसी र सरकारविच् सोमबार राती ९ बजे सहमति पत्रमा हस्ताक्षर भएको हो । 

केसीले अनसन सुरुगर्दा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाउनुपर्ने केसीको मुख्य एजेण्डा रहेको थियो । केसीको एजेण्डामा दुई दिन सम्म सरकारी टोलीसंग वार्ता भएपनि अन्ततः सो एजेण्डालाई घोडेर सहमति भएको हो । 

सहमति संगै बाजुराको गौमुल गाउँपालिका–२ का ४२ बर्षिय चक्रबहादुर धामीको हातबाट जुस पिएर केसीले आफुनो ५ दिने अनसन समेत तोडेका छन् ।

सहमतिपत्रको पहिलो भागमा कैलालीको गेटामा ’शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ अन्तर्गत कम्तिमा तीन सय शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सुरु गर्ने । ऐन संशोधन प्रक्रिया ३ महिनाभित्र अगाडि बढाउने र चिकित्सा क्षेत्रलाई क्रमशः गैर–नाफामूलक बनाउन ६ महिनाभित्र कार्यदल गठन गर्ने उल्लेख छ। 

त्यस्तै चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुसार गुणस्तर मूल्याङ्कन गरेर मात्र एकीकृत कार्यविधि बमोजिम सिट निर्धारण गरिनेछ । निजी शिक्षण संस्थामा सिट सङ्ख्या वृद्धि नगरिने र ऐनको व्यवस्था अनुसार छात्रवृत्ति व्यवस्थालाई यथावत राखिने सहमति पत्रमा उल्लेख छ । 

त्यसैगरी भ्रष्टाचार छानबिन र अनुगमन समिति २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिहरूबाट भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी कारबाही अघि बढाइनेछ । 

२०८२ भदौमा घटेका जघन्य घटना (हत्या, आगजनी, लुटपाट) का दोषीहरूलाई कडा कानुनी कारबाही गरिनेछ । विगतका सहमतिहरूको कार्यान्वयन अवस्था अध्ययन गर्न ३ महिनाभित्र प्रतिवेदन बुझाउने गरी उच्चस्तरीय कार्यदल र प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरिनेछ ।

प्रकाशित : 28 July, 2026 10:34 am