काठमाडौं । मकालु वाइन इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले साउन २३ गते शनिबार बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेण्ड होटलमा विशेष साधारणसभा आह्वान गरेको छ।
सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गरिनेछ। प्रस्ताव स्वीकृत भएमा कम्पनीले आवश्यक नियामकीय प्रक्रिया पूरा गर्दै सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी अघि बढाउनेछ।
त्यसैगरी, जगेडा कोषमा रहेको संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा जारी गर्ने विषय पनि विशेष साधारणसभाको एजेन्डामा समावेश गरिएको कम्पनीले जनाएको छ।


Comment