मकालु वाइन इन्डष्ट्रिजले आईपीओ ल्याउने तयारी, विशेष साधारणसभाबाट प्रस्ताव पारित गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

मकालु वाइन इन्डष्ट्रिजले आईपीओ ल्याउने तयारी, विशेष साधारणसभाबाट प्रस्ताव पारित गरिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मकालु वाइन इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले साउन २३ गते शनिबार बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेण्ड होटलमा विशेष साधारणसभा आह्वान गरेको छ।

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गरिनेछ। प्रस्ताव स्वीकृत भएमा कम्पनीले आवश्यक नियामकीय प्रक्रिया पूरा गर्दै सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी अघि बढाउनेछ।

त्यसैगरी, जगेडा कोषमा रहेको संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा जारी गर्ने विषय पनि विशेष साधारणसभाको एजेन्डामा समावेश गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित : ८ श्रावण २०८३, शुक्रबार १२:३५ 24 July, 2026 12:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।