भार्गव विकासको ८० प्रतिशत हकप्रद आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भार्गव विकासको ८० प्रतिशत हकप्रद आउँदै



काठमाडौं, ९  असार ।भार्गव विकास बैंक लिमिटेडले  १० बराबर ८ को अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । केही समय अगाडिमात्रै शत प्रतिशत हकप्रद बिक्री गरेको बैंकले पूँजी वृद्धिका लागि पून ८० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा २१ लाख १२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

केही समय अगाडि निष्काशन गरेको शत प्रतिशत हकप्रद र त्यसपश्चात निष्काशन गरेको ८० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी ४७ करोड नाघ्नेछ ।

राष्ट्र बैंकका अनुसार १ देखि तीन जिल्ले विकास बैंकको पूँजी चालू आर्थिक वर्षको अन्त्यसम्म ५० करोड पुर्याउनुपर्नेछ ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ०६:०८