शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ १७ औँ वर्षमा प्रवेश: १ अर्ब १७ करोडको वासलातसहित सेवा विस्तारमा केन्द्रित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

मुख्य समाचार

शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ १७ औँ वर्षमा प्रवेश: १ अर्ब १७ करोडको वासलातसहित सेवा विस्तारमा केन्द्रित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक तथा सहयात्रीहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ।

संस्थाले हालसम्मको यात्रामा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै यस १७ औँ वर्षको यात्रासम्म आइपुग्दा दशौँ हजार सदस्यहरूको परिवार बनाउन सफल भएको जनाएको छ। को-अपरेटिभको वर्तमान वित्तीय अवस्था निकै बलियो रहेको छ, जसमा १ अर्ब १७ करोड रुपैयाँको वासलात कायम भएको छ।

संस्थाले हालसम्म करिब ७ सय जना सदस्यहरूलाई ऋण प्रवाह गर्दै आफ्ना ३५ जना कर्मचारीमार्फत निरन्तर वित्तीय सेवा प्रदान गरिरहेको छ। स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष विदुर बस्नेत र प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले संयुक्त रूपमा आगामी दिनमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै थप परिष्कृत, गुणस्तरीय र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

काठमाडौँको चाबहिल चुच्चेपाटीमा प्रधान कार्यालय रहेको यस संस्थाले न्युरोडमा समेत सदस्य सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ।

प्रकाशित : १६ असार २०८३, मंगलबार ११:३९ 30 June, 2026 11:39 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।