नागार्जुन नगरपालिकाको २ अर्ब ५० करोड ४० लाखको बजेट, पूर्वाधारदेखि सेवा प्रवाहमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नागार्जुन नगरपालिकाको २ अर्ब ५० करोड ४० लाखको बजेट, पूर्वाधारदेखि सेवा प्रवाहमा जोड



काठमाडौं । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५० करोड ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। असार १० गते आयोजित १३औँ नगरसभामा कार्यवाहक मेयर सुशीला अधिकारीले बजेट सार्वजनिक गरेकी हुन्।

बजेटअनुसार संघीय सरकारबाट सशर्त अनुदानतर्फ २४ करोड ७६ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ १९ करोड ४२ लाख रुपैयाँ तथा राजस्व बाँडफाँडबाट १३ करोड १६ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ १ करोड २८ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ७८ लाख ४५ हजार रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन दस्तुर (मालपोत) बाट ८० करोड ४२ लाख रुपैयाँ तथा सवारी साधन करबाट हुने राजस्व बाँडफाँडमार्फत ६ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

नगरपालिकाले आन्तरिक स्रोतबाट ७९ करोड ६७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ भने १९ करोड रुपैयाँ बैंक मौज्दात रहने अनुमान गरेको छ।

प्रकाशित : 26 June, 2026 1:37 pm