काठमाडाै ८ असार । शेयर लगानीकर्तासंघ नेपालले राष्ट्र बैंकलाई मौद्रिक नीति सम्बन्धमा १० बुदे सुझाब दिएको छ। संघले पुंजीबजारको बिकास तथा बिस्तारको लागि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा समावेश गर्नु पर्ने बिषयहरुको बारेमा जानकारी गराएको हो।
यस्ता छन सुझाबहरु:
१। बैंक तथा वित्तीय संस्थाको चुक्ता पुंजी वृद्धि गर्दा बोनस मात्र दिएर पुर्याउनु पर्ने
२। मार्जिन कल कम्तिमा ७० प्रतिशत गरिनु पर्ने
३। शेयर बजार उत्पादक क्षेत्र हो भनि प्रष्ट पारिदिनु पर्ने
४। बैंक तथा वित्तीय संस्था नाफा मुखी भन्दा पनि सेवामुलक एवं ग्राहक मैत्री हुनु पर्ने
५। वित्तीय साक्षरता अभियानमा सबै सरोकार पक्षलाई समानुपातिक ढंगबाट सहभागिता गराइनु पर्ने
६। बैंक तथा वित्तीय संस्थालाई ब्रोकरेज लाइसेन्स दिनु पर्ने
७। वास्तविक क्षेत्र आगमनलाई सोहि बमोजिम नीति नियम बनाइनु पर्ने
८। व्यक्तिगत कर्जा बिगतका दिनमा २ अर्ब चुक्ता पुंजी हुँदा १ करोड ऋण रहेको र हाल चुक्ता पुंजी ८ अर्ब पुगीसकेको सन्दर्भमा सोहि बमोजिम यस कर्जाको लिमिट बढाउनु पर्ने
९। नीतिगत निर्णय जारि गर्दा परिपत्रद्वारा नगर्न अनुरोध
१०। बैंकको कर्जामा कम्तिमा ५ प्रतिशत शेयरकर्जामा ऋण छुट्याउनु पर्ने
Comment