काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरूले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमा पोलिसी बिक्री गरेका छन्।
संकलित बीमाशुल्कको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो जीवन बीमा कम्पनीका रूपमा देखिएको छ। कम्पनीले जेठ मसान्तसम्म ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। जुन अन्य कम्पनीहरूको तुलनामा निकै अगाडि रहेको देखिन्छ।
नेशनल लाइफ इन्स्योरेन्स २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ बीमाशुल्कसहित दोस्रो स्थानमा रहँदा एलआईसी नेपाल १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।
शीर्ष पाँचमा यी कम्पनी
व्यवसायको आकारका आधारमा हिमालयन लाइफ १५ अर्ब ७९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनी १० अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। त्यसैगरी सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
मध्यम आकारका कम्पनीहरूको प्रतिस्पर्धा
यस अवधिमा एशियन लाइफ ले ८ अर्ब ७१ करोड रुपैयाँ, सिटिजन लाइफ ले ७ अर्ब ५९ करोड रुपैयाँ तथा सानिमा रिलायन्स लाइफ ले ६ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
यस्तै, आईएमई लाइफ को बीमाशुल्क संकलन ६ अर्ब १७ करोड रुपैयाँ र मेट लाइफ को ६ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
पछिल्ला कम्पनीहरूको अवस्था
प्राधिकरणको तथ्याङ्कअनुसार रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड रुपैयाँ तथा प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। सन नेपाल लाइफले भने ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।






Comment