विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थ राजनीति

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए।

उनले विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए।

सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरे। 

‘विश्वकपमा अहिले सबैको चासो छ । मेरो पनि चासो छ ,तर हेर्न ९९९ सय तिर्नुपर्छ जुन सबैको पहुँचमा छैन्,’ उनले भने,‘अब त पुग्यो होला नि । कमसेकम आम्दानी उठिसक्यो होला। त्यसैले सभामुखमार्फत माग गर्छु । नेपाल सरकारले आफ्नो टेलिभिजनमार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा सेवा प्रदायकहरुलाई पनि यो कुरा सुनिदिनको लागि आग्रह गर्दछु ।’

प्रकाशित : २ असार २०८३, मंगलबार १२:०५ 16 June, 2026 12:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।