बीवाईडी प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न हर्क साम्पाङको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बीवाईडी प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न हर्क साम्पाङको माग



काठमाडौं । विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बीवाईडी प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मिलेमतोमा बीवाईडी कम्पनीका सवारीसाधन आयात तथा निर्यातका क्रममा कर छली भएको चर्चा चलिरहेका बेला त्यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।

उनले उक्त प्रकरणबारे विभिन्न आशंका र आरोप सार्वजनिक भइरहेकाले सत्य तथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे ।

‘बीवाईडी घोटाला प्रकरणका लागि संसदीय छानबिन समिति गठन हुनुपर्छ,’ राईले भने ।

उनले सरकारले छानबिनमार्फत वास्तविकता सार्वजनिक गर्नुपर्ने र जनतामा उठेका शंका समाधान गर्नुपर्ने बताए ।

फरक प्रसंगमा अध्यक्ष राईले आफूलाई ट्राफिक प्रहरीले कारबाही गरेको भन्ने समाचार सत्य नभएको दाबी गरे ।

सञ्चारकर्मीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही भएको विषयमा प्रश्न गरेपछि उनले त्यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।

प्रकाशित : 9 June, 2026 3:25 pm