काठमाडाैँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको जेठ २४ गते सम्पन्न निर्वाचनमा डिकबहादुर खत्री नेतृत्वको प्रगतिशील प्यानलले स्पष्ट बहुमतसहित विजय हासिल गरेको छ। अध्यक्ष पदका उम्मेदवार खत्रीले निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै संघको नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा विजयी खत्रीले ३४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ मत प्राप्त गर्दा पाण्डे–क्षेत्री समूहका उम्मेदवारले १७० मत प्राप्त गरेका छन्। तीन पक्षबीच भएको प्रतिस्पर्धामा खत्रीले उल्लेखनीय मतान्तर कायम गर्दै नेतृत्व हात पारेका हुन्।
कोषाध्यक्ष पदमा धनमाया सिंजाली ३२३ मतसहित निर्वाचित भएकी छन्। उनी निर्वाचनमा अध्यक्षपछि दोस्रो सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार बनेकी छन्।






Comment