हिमालयन लाइफद्वारा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन लाइफद्वारा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा मानव सेवाप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।

वार्षिकोत्सवको अवसर पारेर कम्पनीका गण्डकी प्रदेशका उपप्रादेशिक प्रमुख बलराम गौतमले मानव सेवा आश्रम बागलुङकी सञ्चालिका विपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिन् ।

Esewa

Crest
कार्यक्रममा बोल्दै गौतमले संस्थाको वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी समाजप्रति उत्तरदायी बन्दै सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले आश्रमलाई खाद्यान्न सहयोग गरिएको बताइन् ।

उनले असहाय, बेवारिसे तथा सडक आश्रित नागरिकहरूको सेवामा समर्पित मानव सेवा आश्रमले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरिन् ।

खाद्यान्न ग्रहण गर्दै सञ्चालिका तामाङले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने गरी प्रदान गरिएको सहयोगका लागि हिमालयन लाइफ इन्स्योरेन्स परिवारप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगबाट आश्रम सञ्चालन हुँदै आएको बताउँदै यस्ता सामाजिक सहकार्यले सेवाको दायरा अझ प्रभावकारी बनाउन मद्दत पुग्ने जनाइन् ।

प्रकाशित : 7 June, 2026 10:28 am