काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालन गर्ने संस्थामा लगानी गर्ने, सञ्चालक बन्ने वा वास्तविक धनीका रूपमा रहने व्यक्तिको विस्तृत विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो।
अब कुनै व्यक्तिले संस्थाको चुक्ता पुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद गरेमा, सञ्चालक वा उच्च व्यवस्थापनमा नियुक्त भएमा तथा वास्तविक धनीका रूपमा रहेमा सम्बन्धित संस्थाले राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।
संशोधित व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिको नाम, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीसम्बन्धी जानकारी, वित्तीय आचरण, कार्य अनुभव तथा नेपाल वा विदेशमा कुनै आपराधिक गतिविधिमा संलग्न भए–नभएको विवरण पेस गर्नुपर्नेछ।
त्यस्तै मुद्दा, अनुसन्धान, कालोसूची, सरकारी बक्यौता, स्वार्थको द्वन्द्व तथा विदेशमा रहेको सम्पत्तिसम्बन्धी जानकारीसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ
।रा कले नयाँ मापदण्ड हाल संस्थामा आबद्ध लगानीकर्ता, सञ्चालक तथा वास्तविक धनीहरूमा समेत लागू हुने जनाएको छ।
भुक्तानी-प्रणालीसम्बन्धी-एकीकृत-निर्देशन-२०८२-मा-संशोधन-गरिएको-।.pdf https://share.google/Nx8FcmlZQB2J9Z9Hk






Comment