नेपाल इन्भेष्टमेण्ट बैंकको दिपायल र मंगलसेनमा शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेण्ट बैंकको दिपायल र मंगलसेनमा शाखा विस्तार



काठमाडौं ४ असार ।नेपाल इन्भेष्टमेण्ट बैंकले डोटीको दिपायल र अछामको मंगलसेनमा दुईवटा शाखा र दैलेखको डाबमा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार सुभारम्भ गरेको छ । यूके एडद्वारा संचालित सक्षम –एक्सेस टु फाइनान्सको सहयोगमा बैंकले असार १ गतेदेखि दिपायलको पिपप्लाबजार र मंगलशेनको क्याम्पसचौरमा ४८औं र ४९ औं शाखाको विस्तार गरेको हो भने डाबस्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालय रहेको स्थानमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।
स्थानीय जनतामा वित्तिय पहुँच पु¥याई आर्थिक कारोबार गर्न सहजता प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरिएको हो । शाखा विस्तारपछि साना उद्योग तथा कृषि व्यवसाय संचालन लगायतमा आर्थिक कारोबार गर्न स्थानीयबासीलाई सहजता हुने छ ।
दिपायल शाखाको उद्घाटन गर्दै सुदूर पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शिशिर ढुंगानाले स्थानीय जनतालाई वित्तिय पहुँचका लागि नेपाल इन्भेष्टमेन्ट बैंक र सक्षम–एक्सेस टु फाइनान्सले गरेको सहकार्यको प्रशंसा गर्नुभएको थियो । शाखा विस्तारपछि स्थानीय जनताले साना उद्योग, कृषि व्यवसाय संचालन तथा साना साना आर्थिक कारोवारका लागि लामोसमय खर्चिनुपर्ने अवस्था नरहने क्षेत्रीय प्रशासक ढुंगानाको विश्वास छ ।
“अछाम, दिपायल तथा दैलेख जस्ता सुदूर क्षेत्रमा शाखा विस्तार गर्ने थोरै बैंकमध्ये एनआईबिएल पनि रहेकोमा, उहाँहरुसँंग सहकार्य गर्दा गर्व लागेको सक्षमका टिम लिडर बलजित बोहोराले भन्नुभयो–“ हाम्रो बैंकसंगको सहकार्यको उदेश्य पनि विकट क्षेत्रका जनतालाई आर्थिक कारोवारमा वित्तिय पहुँच पु¥याई उनीहरुको जीवनस्तर अभिवृद्धिमा सहयोग पु¥याउनु हो ।”
बैंकले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई ४९ वटा शाखा, दुई वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटिएम तथा ५७ वटा शाखारहित बैंकिङ कारोवारबाट सेवा पु¥याउँदै आएको छ ।
यूके एडको आर्थिक सहयोगमा लुइस बर्जरलेले डिएफआईडी नेपालको लागि सक्षम–एक्सेस टु फाइनान्स कार्यक्रम कार्यान्वयन गरेको हो । सार्वजनिक र निजी संघ संस्थासंगकोे सहयाकार्यमा सुदूर पश्चिम तथा मध्यपश्चिमका विकट क्षेत्रहरुमा सक्षमले आफ्नो ५ वर्षे योजनाअन्तर्गत स्थानीयको आर्थिक स्तर वृद्धिमा सहयोग पु¥याउदै आएको छ । विकट क्षेत्रमा आर्थिक पहुँच पु¥याउने योजनाअन्तर्गत नै सक्षमले एनआईबिएलसंग शाखा विस्तारमा सहकार्य गरेको हो ।

 

प्रकाशित : ४ असार २०७४, आईतवार ०६:२४